फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक, साउन १९ बाट प्रदर्शनको तयारी

भक्तपुर न्यूज

७ साउन २०८० ९:२६

फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक, साउन १९ बाट प्रदर्शनको तयारी

काठमाडौं । साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम–थ्रिलर फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत लगायतको शीर्ष भूमिका छ ।

आइतबार अभिनेता सोहित मानन्धरको जन्मदिन पारेर ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टर लुक्समा देखिएका अभिनेता अग्रहरिले फिल्ममा एक युवतीको रहस्यमय हत्याको खोजीको नेतृत्व गर्ने अधिकृतको भूमिका निर्वाह गरेको आँकलन गर्न सकिन्छ । ट्रेलर एक युवतीको बलात्कारपछि हत्या भएको केही दृश्यसँगै सुरु हुन्छ । उक्त घटनाको अनुसन्धानलाई प्रभावित पार्न नेताले गरेको प्रयास पनि टिजरमा चित्रण छ ।

समग्रमा फिल्म ‘अदृश्य’ युवतीको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन भएको कथावस्तुमा आधारित छ । प्रल्हाद काफ्लेको लेखन तथा निर्देशन रहेको फिल्म प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी लगायतको समेत अभिनय छ । आकाश उखेडाले फिल्मको पटकथा लेखेका हुन् । फिल्मलाई पिताम्बर फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।

https://youtu.be/FLVlozOBjL0

प्रकाशित मितिः २०८० साउन ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *