गोरखा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

भक्तपुर न्यूज

२३ कार्तिक २०७७ १०:३८

गोरखा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

गोरखा । गोरखा नगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सोमबारबाट काक्तिक २८ गतेसम्म सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले बताए ।

नगरपालिकाका तीन जना कर्मचारीमा कोराना पोजिटिभ देखिएपछि अन्य कर्मचारीको पनि कोरोना परिक्षणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । नगरभित्रका शिक्षकहरुलाई समेत कोरोना देखिएकाले निजि तथा सामुदायिक विद्यालयको पठनपाठन वन्द गरिएको पन्तले बताए ।

प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *