मध्यपुरका प्रमुख प्रशासकिय अधिकृतलाई मन्त्रालय फिर्ता गर्न आग्रह

भक्तपुर न्यूज

२३ कार्तिक २०७७ ९:२०

मध्यपुरका प्रमुख प्रशासकिय अधिकृतलाई मन्त्रालय फिर्ता गर्न आग्रह

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई नगरपालिकाको कार्यपालिका बैठकमा बहुमत सदस्यले मन्त्रालयलाई फिर्ता गर्न आग्रह गरेको छ ।

नपाको आर्थिक गतिबिधिमा अबरोध गरि बिकासका गतिबिधिलाई प्रभाव गर्ने काम गरेपछि प्रमुख प्रशासकिय अधिकृत उद्धब प्रसाद रिजाललाई कार्यपालिकाका बहुमत सदस्यहरुले मन्त्रालय फिर्ता गरी अर्को कार्यकारी पठाउन आग्रह गरेको हो ।

कार्यपालिकाको बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दैै मध्यपुर थिमि नगरपालिकका प्रमुख मदन सुन्दर श्रेष्ठले नपा भित्र भएका बिकास गतिबिधिलाई प्रभाव पार्ने गरि आर्थिक गतिबिधि गर्नुका साथै नगरको आन्तरिक राजनीतिमा सहभागि भई चलखेल गरेको आरोप लगाए ।

नगरपालिकाका दस्ताबेजलाई बदनियत पूर्वक बाहिर पठाउने जस्ता क्रियाकलापमा सामेल भई नगरपालिकाको काम कारवाहिमा असर गर्ने काम गरेको भन्र्दै उनलाई मन्त्रालाय फिर्ता फठाई अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *