कञ्चनपुरमा पेस्तोलसहित तीन जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्ट रहेका छन् ।
उनीहरुलाई शनिवार बिहान प्रहरीले १ थान पेस्तोल र म्याग्जीन सहित पक्राउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा बुधबार सात आठ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएका थिए ।
सोही अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई हतियार सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको से।६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल पनि बरामद गरेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३