दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना पक्राउ
ललितपुर । महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जनलाई पक्राउ गरेको छ ।
ललितपुर ईमाडोल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा कार्तिक २१ गने महालक्ष्मी नगरपालिका–४ ईमाडोल स्थित दिपक लिम्बुको घरबाट ६ जनालाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का ४३ बर्षीय सुनिल गोले, बलेफी गाउँपालिका–४ का २४ बर्षीय प्रकाश तामाङ, भोजपुर ट्याम्केमैयु गाउँपालिका–२ ४१ बर्षीय सनकुमार राई, खोटाङ दिक्तेलका १८ बर्षीय सोनम राई, ताप्लेजुङ फकतङलुङका दिपक लिम्बु र सिन्धुपाल्चोक तिनपाटनका २४ बर्षीय अम्बर बहादुर तामाङ गरेको महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार