सल्यानमा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर न्यूज

२३ कार्तिक २०७७ ६:५६

सल्यानमा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु

सल्यान । कोरोना भाइरस संक्रमणबाट सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ। शारदा नगरपालिका–१ का एक पुरुषको घरमै मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरको आइसोलेसनमा बस्दै आइरहेका ती पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। अन्य रोगबाट बिरामी भएका उनको केही दिनअघि मात्र स्वाब संकलन गरिएको थियो। मृतकको दाहसंस्कार गरिरहेकै अवस्थामा उनको कोरोना पोजेटिभ भएको सूचना अएको थियो।

प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *