स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु
भैरहवा । स्कुटर सिक्ने क्रममा दुर्घटना भएर रुपन्देहिको तिलोतमा नगरपालिकामा एक जना सह–प्राध्यापकको मृत्यु भएको छ।
बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा शिव पौडेल आफ्नै घरको कम्पाउन्डमा स्कुटर सिक्ने क्रममा ठोक्किएर गम्भीर घाइने भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बिश्वकर्माले बताए।
घाइते पौडेललाई क्रिमसन अस्पताल पुर्याइए पनि उपचार सुरु गर्नु अघि नै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका डा पौडेल २२ वर्षदेखि प्राध्यपन गराउँदै आएका थिए।
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००