डार्विन र सानुको स्वरमा ‘हवाई अड्डा’ सार्वजनिक
काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वर रहेको गीत ‘हवाई अड्डा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जाँदा एयरपोर्टमा मान्छेहरु भेट्ने र छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन् । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।
गीतको भिडियोमा भने प्रेममा सफल हुन नसकेका प्रेम संघर्ष देखाइएको छ । सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय रहेको भिडियोमा छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ । विजय ताम्राकारको छायांकन र सम्पादन रहेको भिडियोमा सुरज तमुले निर्देशन गरेका हुन् ।
भिडियोः
प्रकाशित मितिः २०७७ कार्तिक २३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००