विराटनगरको नोबेल अस्पतालमा संक्रमित दुई महिलाको मृत्यु

भक्तपुर न्यूज

२२ कार्तिक २०७७ ४:२०

विराटनगरको नोबेल अस्पतालमा संक्रमित दुई महिलाको मृत्यु

मोरङ । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ ।

अस्पतलाका प्रबन्धक नारायण दाहालका अनुसार झापा शिवसताक्षी नगरपालिकाकी २६ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको हो ।

दाहालका अनुसार कोरोना पोजिटिभ युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहान करिब ३ बजे युवतीको मृत्यु भएको हो।

युवतीमा दीर्घ रोग भए नभएको प्रष्ट नभएको जनाउँदै अस्पतालले युवतीमा कोरोना लक्षण देखिएपछि पीसीआर परीक्षण गराएको थियो ।

त्यसैगरि, सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मितिः २०७७ कार्तिक २२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *