नेपालमा निको हुने दर ८१ प्रतिशत
काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता संक्रमणमा भइरहेको बृद्धिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा निको हुने दर ८१ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका भन्दा १ हजार ५८९ बढी अर्थात ४ हजार ५०० जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।
शुक्रबारसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ८८ हजार ८८३ छ भने मृतक संख्या १ हजार ७० पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २२ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५