नाडाल सेमिफाइनलमा

भक्तपुर न्यूज

२२ कार्तिक २०७७ ३:३९

नाडाल सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसमा शुक्रबार राति भएको क्वाटरफाइनलमा स्पेनकै पाब्लो बुस्टालाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।

हालै १ हजार जितको कोशेढुंगा पुरा गरेका नाडालले बुस्टालाई ४-६,७-५ र ६-१ को सेटमा पराजित गरे । नाडाल टेनिसमा १ हजार जित निकाल्ने चौंथो खेलाडी हुन् । यस अघि जिमी कोर्नर्स, रोजर फेडेरर र इभान लेन्डेलले हजार जितको कोशेढुंगा पार गरेका थिए ।

नाडालले गत महिना मात्र २० औं ग्राण्डस्लाम टेनिसको उपाधि जितेका थिए । फ्रेन्च ओपनको उपाधि जित्दै नाडालले फेडेररले बनाएको सर्वाधिक धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका थिए ।

नाडालले अब सेमिफाइनलमा चौंथो वरीयताका एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन् । जेभरेभ स्टान वावरिन्कालाई ६-३ र ७-६ ९७-१० को सेटमा पराजित गरे । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *