भारतमा मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघे

भक्तपुर न्यूज

२२ कार्तिक २०७७ ३:२३

भारतमा मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघे

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७८ लाख १८ हजार ४३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *