नेपाल राष्ट्रिय मुवा थाइ संघले भक्तपुरका खड्कालाई गर्यो सम्मान

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ १४:०३

नेपाल राष्ट्रिय मुवा थाइ संघले भक्तपुरका खड्कालाई गर्यो सम्मान

काठमाडौं । नेपाल राष्ट्रिय मुवा थाइ संघले उमेश खड्कालाई शुक्रबार सम्मान गरेको छ । संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

खड्का नेपालको पुरानो पार्टीको केन्द्रीय खेलकुद विभागमा मनोनित हुनु संघका लागि गर्वको विषय भएको बताउँदै खेल क्षेत्रमा पुराएको योगदानकै कारण उनलाई सम्मान गरिएको कक्षपतिले बताए ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा संघका  उपाध्यक्षसमेत रहेका खड्कालाई मनोनित गर्नु खेल कर्ममा लागेकाहकरुको योगदनाको कदर भएको समेत उनले बताए ।

पूर्व खेलाडीसमेत रहेका खड्काले नेपाली खेलकुदको विकास र खेलाडीको हकहितका लागि सदैव आफूले रचनात्मक भूमिका खेल्दै आएको र भोलीका दिनमा समेत लागिपर्ने प्रतिबद्धता जनाउँदै पार्टीको केन्द्रीय विभागबाट यसै वर्ष मुवा थाइको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष निलम अधिकारी, महासचिव राजेश महर्जन तथा सदस्यहरु भूपेश शाक्य, सन्तोष घलान, साजन माली, विकेश देउला, दीपक तामाङ, मनिष लिभीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *