आइसियु र भेन्टिलेटरमा देशभर ४ सय ६३ जना संक्रमित उपचाररत

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ११:४०

आइसियु र भेन्टिलेटरमा देशभर ४ सय ६३ जना संक्रमित उपचाररत

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आइसियु र ४४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६० जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १७ जना भेन्टिलेटरमा र कणरली प्रदेशमा ३ आइसियु उपचाररत रहेका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *