नेपाल प्रहरीमा ३६० जनाको लागि रोजगारीको अवसर (विज्ञापनसहित)
काठमाडौं । नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुलाएको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै कर्मचारी माग गरेको हो। विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडीको लागि विज्ञापन आह्वान गरेको हो। सबैभन्दा धेरै भान्छेमा २ सय ६१ जना माग गरिएको छ।
जागिर खान इच्छुकले पुस ६ गतेसम्म फारम बुझाइसक्नु पर्नेछ। फारम ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ। त्यस्तै प्रदेशका विभिन्न तालिम केन्द्रहरुमा समेत बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ।
१८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४