थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ११:१५

थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण भएको छ।

यसैगरी शुक्रबार थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमणमुक्तको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *