पछिल्लो २४ घन्टामा देशभर ४५०० जना कोरोना संक्रमित संक्रमणमुक्त

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ११:१३

पछिल्लो २४ घन्टामा देशभर ४५०० जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *