लागूऔषध अफिमसहित बाँकेबाट एकजना पक्राउ

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ १०:२४

लागूऔषध अफिमसहित बाँकेबाट एकजना पक्राउ

नेपालगन्ज । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र नेपालगन्जबाट खटिएको संयुक्त टोलीले बाँकेबाट अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

बिहीबार बाँकेको खजुरा गाउँपालिका–८ रनियारस्थितबाट जाजरकोट, जुनीचाँदे गाउँपालिका–२ बस्ने २७ वर्षीय तिलकबहादुर शाहीलाई शंकास्पद अवस्थामा खानतलासी गर्दा उनले बोकेको झोलामा १० किलो ४ सय ग्राम अफिम फेला परेको हो ।

शाहीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *