न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले लिइन् दोस्रो कार्यकालको शपथ

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ९:३६

न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले लिइन् दोस्रो कार्यकालको शपथ

काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले शुक्रबार आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिएकी छन् । यसअघि न्युजिल्याण्डमा भएको आम निर्वाचनमा बहुमतसहितको जित हात परेसँगै उनले आफ्नो दोस्रो कार्यकाल सुरु गरेकी हुन् । अर्डनसँगै उनका मन्त्रीहरुले पनि शुक्रबार विलिङटनको गभर्मेन्ट हाउसमा अंग्रेजी र माओरीमा शपथ लिएका हुन् ।

अर्डनले बनाएको नयाँ २० सदस्यीय मन्त्रिपरिषद्मा धेरै महिला र माओरी समुदायका प्रतिनिधिहरु छन् । यसअघि नै उनले आफ्नो टोलीमा महिला र माओरी समुदायलाई प्रथमिकता दिने बताएकी थिइन् । मन्त्रिपरिषद्मा आठजना महिला छन् ।

४० वर्षीया अर्डनले कोरोना भाइरस महामारीमा गरेको कार्यका विश्वभर प्रशंसा भएको थियो । सोही कारण गत अक्टोबर १७ मा भएको निर्वाचनमा उनले बहुमतसहितको जित हात पारेकी हुन् । उक्त निर्वाचनमा उनको पार्टीले १२० सदस्यीय संसद्मा ६५ सिट हात पारेको हो । अर्डनले आफ्नो प्राथमिकता कोरोना भाइरस महामारी नियन्त्रण र महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधार गर्नु रहेको बताएकी छिन् ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *