चितवन राष्ट्रिय निकुञ्जमा माउ गैंडा र बच्चा मृत फेला

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ९:२९

चितवन राष्ट्रिय निकुञ्जमा माउ गैंडा र बच्चा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा माउ गैंडा र बच्चा मृत फेला परेका छन् । निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ गैंडा र बच्चा फेला परेको निकुञ्जले जनाएको छ ।बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

बरालका अनुसार माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका छ । गत भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै रहेको जनाएका छन् ।चालु आर्थिक वर्षको भदौमा सोही स्थानमा तस्करको गोली लागेको अवस्थामा एउटा गैंडा मृत फेला परेको थियो । यो आर्थिक वर्षमा मात्रै ११ वटा गैंडाको मृत्यु भइसकेको छ ।

गैंडाको खाग विकसित नभएकोले तस्करले भदौमा नै माउको खाग लगेको र माउ बच्चा साथै रहेकोले गोलीबाट माउ र बच्चाको मृत्यु भएको हुनसक्ने बरालको भनाइ छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन् भने नेपालमा कुल ६४५ गैंडा रहेको तथ्यांक छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *