तिहारपछि खुलामञ्चलगायत सार्वजनिक स्थलमा निःशुल्क खाना खुवाउन नपाइने

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ९:०६

तिहारपछि खुलामञ्चलगायत सार्वजनिक स्थलमा निःशुल्क खाना खुवाउन नपाइने

काठमाडौं । खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ । खाना खुवाइरहेका अभियन्ता र काठमाडौं महानगरपालिकाबीच मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ ।

सार्वजनिक ठाउँमा भिडभाड हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम झनै बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न लागिएको हो ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *