जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ७:३८

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी जबरजस्ती करणीको आरोपमा सप्तरी र ललितपुरबाट दुई जनालाई पक्राउ गरेको हो ।

सप्तरी, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिका–४ बाँसघारी बस्ने ४५ वर्षीय सोगिन्दर रामलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ललितपुर, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *