छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ७:२६

छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । झापा जिल्लाको दमक नगरपालिका–१ हल्दार चोकस्थित गुम्ती किराना पसल गरी बस्ने ईलाम माङसेबुङ गाउँपालिका–५ घर भएकी ५० वर्षीया गोमा हाङदा लिम्बु आफ्नै घुम्ती पसलमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

गुल्मी, सत्यवती गाउँपालिका–३ कुनडाँडास्थित सडकमा प्युठान गहुमुँखी गाउँपालिका– २ डाँडागाउँ बस्ने २० वर्षीय चिन्ताराम परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *