कोरोना सङ्क्रमित कैलालीका वडाध्यक्षको मृत्यु

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ७:०५

कोरोना सङ्क्रमित कैलालीका वडाध्यक्षको मृत्यु

काठमाडौं। कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका-३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन्।

बिरामी भएपछि कात्तिक १७ गते स्वाब नमुना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसैबीच कोरोनाको सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जङ्गबहादुर विकले बताएका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *