भारतीय सेना प्रमुख र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुदै

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ६:३३

भारतीय सेना प्रमुख र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरावणेले शुक्रवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने भएका छन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार नरावणले प्रधानमन्त्री ओलीसँग भेट्ने भएका हुन् । आज दिउँसो २ बजेको समयमा भेटघाटको कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

नरावणे गत बुधवार नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन नेपाल आइपुगेका थिए । बुधवार र बिहीवार उनले भेटघाट, विभिन्न ठाउँको अवलोकन तथा सम्मान ग्रहण गरेका छन् । आज प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि स्वदेश फर्किनेछन् ।

नेपाल भारतमा एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथिको सम्मान दिने परम्परा लामो समयदेखि चल्दै आइरहेको छ । उनी नेपालमा मानार्थ महारथिको सम्मान लिने १८ औँ व्यक्ति हुन् ।

नेपाल भारतको सीमा बिबाद चलिरहेका बेला प्रधानमन्त्री ओली र नरावणेबीचको भेटघाटलाई चासोको रुपमा हेरिएको छ । ओली र नरावणेबीच केही महत्वपूर्ण विषयमा छलफल हुनसक्ने बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रखुम सामन्त कुमार गोयलसँग भेटघाट गरेका थिए ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *