बाँकेमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ६:१५

बाँकेमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाँके । कोहलपुर नगरपालिका–३ मैटहवा चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै बैजनाथ गाउँपालिका–२ का २५ वर्षीय नरेश थारु रहेका छन् ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको भे १ त ५८७५ नम्बरको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको भे ४ प ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *