घरेलु मैदानमै मिलान पराजित

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ४:०२

घरेलु मैदानमै मिलान पराजित

काठमाडौँ । इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलमा पराजित भएको छ ।  समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो ।

लिलका युसुफ याजिसीले ह्याट्रिक गरेपछि मिलान घरेलु मैदानमै स्तब्ध भएको हो ।  खेलको २२ औं मिनेटमा युसुफले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ५८ औं मिनेटमा युसुफले ह्याट्रिक पुरा गर्दै लिललाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह एच को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ । मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा स्पार्टा प्राग्वेले सेल्टिकलाई ४-१ ले हराएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *