खोकीको आवाजबाट संक्रमित भएको चिन्न सकिने एल्गोरिथ्मको विकास

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ३:५०

खोकीको आवाजबाट संक्रमित भएको चिन्न सकिने एल्गोरिथ्मको विकास

काठमाडौँ । अमेरिकामा कोभिड १९ भएका मानिसको खोकीको आवाजबाट संक्रमित भएको चिन्न सकिने एल्गोरिथ्मको विकास गरिएको छ ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटी प्रयोगशालामा कृत्रिम बुद्धिमत्ता एआई एल्गोरिथ्म निर्माण गरिएको हो । बीबीसीमा उल्लेख गरेअनुसार उक्त एल्गोरिथ्मले आधिकारिक कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ परिणाम प्राप्त गरेका व्यक्तिमा ९८.५ प्रतिशत सफलता दर हासिल गरेको छ । साथै, अन्य कुनै लक्षण नभएकामा शतप्रतिशत सफलता पुगेको थियो ।

एसिम्प्टोमेटिक कोभिड बिरामीले खोकेको फरक आवाज मानव कानले सुन्न सकिँदैन । आईआईटीई जर्नल अफ इन्जिनियरिङ इन मेडिसिन एन्ड बायोलोजीमा प्रकाशित लेखाका सहलेखक एमआईटी वैज्ञानिक ब्रायन सुबिराणाका अनुसार एसिम्प्टोमेटिक भए पनि कोभिड भएका बिरामीले निकाल्ने आवाज फरक हुन्छ ।

जुलाईमा, क्याम्ब्रिजको कोभिड १९ साउन्ड प्रोजेक्टले सास र खोकीको संयोजनको आधारमा संक्रमितलाई पहिचान गर्नमा ८० प्रतिशत सफलता दर देखाएको थियो । एल्गोरिथ्मलाई एपको रुपमा विकास गर्नका लागि नियामक स्वीकृति आवश्यक पर्ने अन्वेषकहरू बताउँछन् ।

यसलाई विद्यार्थी, मजदुर र सर्वसाधारणको दैनिक स्क्रिनिङ, स्कूल, रोजगार र यातायात पुनः खोल्न, पुल परीक्षण वा समूहमा हुने प्रकोपको चाँडै सचेत गराउनका लागि प्रयोग हुन सक्छ । क्याम्ब्रिज युनिभर्सिटी, कार्नेगी मेल्लन युनिभर्सिटीलगायत थुप्रै संस्थाले यस्तै परियोजनामा काम गरिरहेका छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *