आर्सनलको शानदार जित

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ३:१८

आर्सनलको शानदार जित

काठमाडौँ । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले शानदार जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा आर्सनलले पुनरागमन जित निकालेको हो । इमिरेट्स स्टेडियममा २२औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए ।

तर, ४५औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी पुग्यो । खेलको ६२औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २-१ को अग्रता बनायो ।

७०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । ८८औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए । जितसँगै आर्सनलले लगातार तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *