मुम्बई इण्डियन्स फाइनलमा प्रवेश

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ २:४७

मुम्बई इण्डियन्स फाइनलमा प्रवेश

काठमाडौँ । मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे । पृथ्वी , शिखर धवन, अजिन्का रहाने र डानिल साम खाता नखोल्दै आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए ।

यस्तै क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहे । कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे ।

दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १-१ विकेट लिए । जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको थियो ।

साविक विजेतासमेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल आज हुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *