अवैध लागूऔषध चरेश सहित चार जना पक्राउ

भक्तपुर न्यूज

२० कार्तिक २०७७ ११:१२

अवैध लागूऔषध चरेश सहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंको गौरिघाटबाट अवैध लागूऔषध चरेश सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–७ स्थित गौरिघाट क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट १।८ केजी चरेश बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *