आइसियु र भेन्टिलेटरमा ५ सय २ जना संक्रमित उपचाररत

भक्तपुर न्यूज

२० कार्तिक २०७७ ११:११

आइसियु र भेन्टिलेटरमा ५ सय २ जना संक्रमित उपचाररत

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४२८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २११ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६२ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४५ जना आइसियु र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ९ आइसियु र ४ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *