बाइडनले पाए अमेरिकाकी निर्वाचनको इतिहासमा सबैभन्दा बढी मत

भक्तपुर न्यूज

२० कार्तिक २०७७ १०:२१

बाइडनले पाए अमेरिकाकी निर्वाचनको इतिहासमा सबैभन्दा बढी मत

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अहिलेसम्मकै बढी मत प्राप्त गरेका छन्।

बाइडेनले अहिलेसम्म ७ करोड २० लाख ४९ हजार ३४१ मत प्राप्त गरेका छन्। यो अमेरिकी राष्ट्रपति निर्वाचनमा अहिलेसम्मका उम्मेदरवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो।

यसअघि सन् २००८ मा भएको निर्वाचनमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बारक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए। बाइडेनले निर्वाचनको अन्तिम नतिजा आइनसक्दै उनलाई उछिनेका हुन्। अन्तिम नतिजा आउनेबेलासम्म लोकप्रिय मतमा ट्रम्पले पनि ओबामालाई उछिन्ने देखिएको छ।

बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले अहिलेसम्म ६ करोड ८५ लाख ६ हजार १६० मत प्राप्त गरेका छन्।

पछिल्लो अपडेटअनुसार डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् भने ट्रम्पले २१४ इलेक्टोरल भोट प्राप्त गरेका छन्।

राष्ट्रपति निर्वाचित हुनका लागि ५३७ इलेक्टोरल भोटमध्ये २७० इलेक्टोरल प्राप्त गर्नुपर्ने हुन्छ। पछिल्लो परिणमअनुसार बाइडेन जितको नजिक छन्।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *