टोखा हत्याकाण्डका मुख्य अभियुक्त धरानबाट पक्राउ

भक्तपुर न्यूज

२० कार्तिक २०७७ ९:०९

टोखा हत्याकाण्डका मुख्य अभियुक्त धरानबाट पक्राउ

काठमाडौं । गोरखाका आशिष मगरको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मुख्य अभियुक्त रुपेश रानामगरलाई महानगरीय अपराध महाशाखाले धरानबाट पक्राउ गरेर ल्याएको हो ।

यस्तै आशिषको हत्या प्रयोग गरिएको धारिलो हतियार अर्थात् छुरी बाँसबारीस्थित फुटबल मैदानबाट बरामद भएको महानगरीय अपराध महाशाखाका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

यसअघि १६ कात्तिकमा काठमाडौँ प्रहरीले आशिषको हत्यामा संलग्न संखुवासभा घर भई धापासी बस्ने १९ वर्षीय दोर्जे शेर्पा, टोखा नगरपालिका–५ बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ र स्याङ्जा गलाङ–३ बस्ने २७ वर्षीय रवि थापालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

काठमाडौँका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार गोरखा अजिरकोट गाउँपालिका–५ का २४ वर्षीय मगरमाथि १४ कात्तिकमा टोखा नगरपालिका–४ धापासीस्थित देवी मन्दिरमा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनालगत्तै मगरको हत्यामा संलग्नहरु फरार भएका थिए । मृतक आशिष मगर पेन्टिङको काम गर्थे । उनी टोखास्थित आफ्नो घरमा परिवारसँगै बस्थे ।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *