जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर न्यूज

२० कार्तिक २०७७ ८:४९

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भजनी नगरपालिका ५ बस्ने दीर्घबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालतको ०७४ मंसिर २४ गतेको फैसलाले ११ वर्ष कैद सजाय भई फरार दिर्घ बहादुरलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *