भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

भक्तपुर न्यूज

२० कार्तिक २०७७ ८:३३

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। बिहीबार एक कार्यक्रमका बीच भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। यसअघि पनि भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटरसहित एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याबउपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।

तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आइपुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै दिउँसो सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यतालिका छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *