बागबजारबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता बागबजारबाट पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङका २८ बर्षीय खेम प्रधान तथा बर्दियाका ३८ टिकाराम चौधरी रहेको पक्राउ गर्ने टोलीका एक अधिकृतले बताए । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी गर्दै गर्खा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट महत्वपूर्ण कागजात समेत बरामद गरेको छ भने उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको ति अधिकारीले बताए ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४