घट्यो सुनको मूल्य ,कतिमा हुदैछ कारोबार ?

भक्तपुर न्यूज

२० कार्तिक २०७७ ६:४२

घट्यो सुनको मूल्य ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी चाहिँ आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७ठ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *