विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगे

भक्तपुर न्यूज

२० कार्तिक २०७७ २:४७

विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगे

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७४८ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो । विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै २ लाख ८९ हजार ७४८ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८६५ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २५ लाख १६ हजार ७३१ मध्ये ८९ हजार २१६ को अवस्था गम्भीर छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *