यस्तो रहनेछ आज बिहिबारको मौसम

भक्तपुर न्यूज

२० कार्तिक २०७७ २:४१

यस्तो रहनेछ आज बिहिबारको मौसम

काठमाडौं । स्थानीय वायुको प्रभावले देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणली विकसित नभएको मौसमविदले बताएका छन्। अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा जनाइएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *