वीर अस्पतालका १६ चिकित्सकद्वारा सामूहिक राजीनामा

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ ११:२१

वीर अस्पतालका १६ चिकित्सकद्वारा सामूहिक राजीनामा

काठमाडौं । वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन्। आफ्ना माग सुनुवाई नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका हुन्।

उनीहरुले अस्पतालका निर्देशकलाई सामूहिक राजीनामा पत्र बुझाएका छन्। आफूहरुलाई ज्यालादारी भनेर दसैँतिहार भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र चौबिसै घण्टा ड्युटीमा लगाउने गरेको राजीनामापत्रमा उल्लेख छ।

अस्पताल प्रशासनले व्यवहारले आफूहरुको मनोबल कमजोर भएको उनीहरूको भनाइ छ। अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ।

राजीनामा दिनेमा डा कौशलेन्द्र चौधरी, डा महेश गिरी, डा। कृष्टि थापा, डा राकेश कुमार सिंह, डा आयुषि शर्मा नेपाललगायत १६ जना चिकित्सक छन्।

कोरोनाको उपचारमा खटिएबापतको भत्तालगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारी कार्तिक २ गतेदेखि आन्दोलनमा छन्। अस्पतालका पदाधिकारीविरुद्धको आन्दोलन थालेका उनीहरुले बुधबार धर्ना दिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डाक्टहरूको सामूहिक राजीनामाको विषयले ध्यानाकर्षण भएको जनाएका छन्। शर्माले ट्विट गर्दै उनीहरूको माग सम्बोधन गर्न समेत आग्रह गरेका छन्।

ुसत्ताको युद्धबाट थोरै फुर्सद निकालेर महामारी विरुद्ध युद्ध लडिरहेकाहरुलाई सुन्न प्रधामन्त्री केपी शर्मा ओलीलाई आग्रह िनभुलौं, संसारले आजको युद्ध जित्ने स्वास्थकर्मीहरुकै नेतृत्वमा हो,ु उनको ट्विटमा भनिएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *