पछिल्लो २४ घण्टामा देशभर थपिए ३,३०९ कोरोना संक्रमित

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ १०:५२

पछिल्लो २४ घण्टामा देशभर थपिए ३,३०९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।

आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०३४ पुगेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *