‘आमा’ चलचित्रका निर्देशक दिपेन्द्रलाई पितृशोक
काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद, आमा’ जस्ता सफल चलचित्रका निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । उनका पिता श्यामकुमार खनालको निमोनियाको कारण उपचारका क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिएका छन् ।
दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा उपचारका क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।
खनालका ३ छोरा र एक छोरी छन् । निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘दि यूगदेखि यूगसम्म’ निर्देशन गरेर चलचित्र क्षेत्रमा पाइला राखेका थिए । यसपछि उनले ‘पशुपति प्रसाद, आमा’ जस्ता गहकिला चलचित्र यो क्षेत्रलाई दिएका छन् । उनी चलचित्र ‘चिसो मान्छे र लकडाउन’ निर्देशन गर्ने तयारीमा छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३