ओली भन्छन्, ‘म अहिले राजीनामा दिनेवाला छैन’

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ ९:०६

ओली भन्छन्, ‘म अहिले राजीनामा दिनेवाला छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। आफ्नो राजीनामाको हल्ला सञ्चारमाध्यमले सुरु गरिसकेको बताउँदै ओलीले भने,‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’

प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राजीनामा दिनै नमिल्ने बताए। आफ्नो राजीनामाले देश थप बर्बादीतिर जाने बताएका प्रधानमन्त्री ओलीले व्यापक जनसमर्थनमा आफू पदमा पुगेको बताए। उनले भने,‘प्रधानमन्त्रीको स्थानमा आएको मेरो रहरले होइन।जनताको आवश्यकता र समर्थनले हो। व्यापक जनसमर्थनबाट प्रधानमन्त्रीको पदमा पुगेको हुँ।’

पार्टीमा विवाद चुलिएपछि सरकार फेरिने आशंका रहेपछि प्रधानमन्त्रीले आश्वस्त पार्दै भने, ‘भित्र-बाहिरबाट धेरै पटक धेरै थरिका अनेक प्रयास भएका छन्। सरकार फेरिने, बदलिने सोच्दै नसोचौं।’

सरकारका जुनसुकै कार्यमा पनि आलोचना गर्ने केहीको आदत रहेका उल्लेख गर्दै ओलीले अस्थिरताको खेती गरिरहने आदत भएका प्रति केही भन्नु नरहेको बताए। महाराजगन्जस्थित शिक्षण अपस्तालमा मनमोहन भवनको एनेक्स भवन उदघाटनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड र गरिबीसँगको लडाई जितेरै छाड्ने दाबी गरे।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *