ट्वीटरले ट्रम्पको ट्वीट भ्रामक भन्दै लगायो ‘लेवल’

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ ८:२६

ट्वीटरले ट्रम्पको ट्वीट भ्रामक भन्दै लगायो ‘लेवल’

काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटमा ‘लेवल’ लगाएको छ । मंगलबार साँझ उनले गरेको एउटा ट्वीट भ्रामक भएको भन्दै ‘लेवल’ लगाएको हो ।

ट्रम्पले ‘हामी धेरै माथि छौं, तर उनीहरु चुनाव खोस्न खोज्दैछन् । हामी यो कहिल्यै हुन दिने छैनौं । भाेटिङ बन्द भएपछि भोट गर्न पाईंदैन’ भन्दै ट्वीट गरेको थिए ।

उनको ट्वीटमा प्रयोग भएको ‘स्टिल’ भन्ने शब्दलाई लिएर ट्वीटरले उनको ट्वीटमा लेवल लगाएको हो । त्यतिमात्रै नभएर ट्वीटरले उक्त ट्वीट चुनावको विषयमा अफवाह फैलाउने खालको भएको उल्लेख गरेकाे छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *