पूर्वसभामुख महरा पत्नीको निधनप्रति ओली र प्रचण्डद्वारा शोक व्यक्त

भक्तपुर न्यूज

१९ कार्तिक २०७७ ८:०९

पूर्वसभामुख महरा पत्नीको निधनप्रति ओली र प्रचण्डद्वारा शोक व्यक्त

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाँको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेवाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षकी थिइन् । उनका दुई छोरा र दुई छोरी छन् ।

ओली र प्रचण्डद्वारा शोक व्यक्त

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधनमा दुःख व्यक्त गरेका छन्।

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

त्यस्तै, अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *