पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ११:३६

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।

आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १००४ पुगेको छ।

आज देशभर ३७ हजार ४ सय ३७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *