अवैधरुपमा बेचविखन गर्न लैजाँदै गरेका राँगा नियन्त्रणमा

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ १०:५१

अवैधरुपमा बेचविखन गर्न लैजाँदै गरेका राँगा नियन्त्रणमा

बुटवल । भन्सार छली गरि अवैध रुपमा बेचविखन गर्न लैजाँदै गरेका राँगाहरु कपिलवस्तु प्रहरीको गस्ती टोलीले मंगलवार दिउँसो नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्लाको कपिलवस्तु नगरपालिका–११ पटना भन्ने स्थानमा अन्दाजी ४० हजार मूल्य बराबरको ४ वटा राँगा नियन्त्रणमा लिई कृष्णनगर भन्सार कार्यालयमा पठाईएको त्यहाँका प्रहरी प्रवत्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *