बलात्कार र हत्या प्रयासको आरोप लागेका प्रहरी जवान पक्राउ

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ९:११

बलात्कार र हत्या प्रयासको आरोप लागेका प्रहरी जवान पक्राउ

डोटी । १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका डोटी गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन् । सोमबार राति प्रहरी जवान सुशील सिंहलाई कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

जोरायल गाउँपालिका–५ की किशोरीको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै सोमबार दिउँसो परिवारले प्रहरी जवान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको थियो ।

निमित्त प्रमुख सिंहले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए । ‘यथाशीघ्र सत्यतथ्य जाँचबुझ गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गरिन्छ,’ उनले भने, ‘अस्थायी प्रहरी चौकी गड्सेराका इन्चार्जको भूमिकाबारे समेत कुरा उठेपछि उनलाई जिल्लामा तानिएको छ, आरोपितलाई पक्रेर जिल्ला पुर्‍याइएको छ । चाँडै सत्यतथ्य बाहिर ल्याउँछौँ ।’

कात्तिक १३ गते राति घटना भएको किशोरीका बुबाले बताएका छन् । उनका अनुसार सिंहले राति ११ बजे छोरीलाई घरमा सुतेकै कोठामा बलात्कार गरी सलले घाँटीमा बाँधेको र मृत्यु भएको ठानी कोदोबारीमा फालेको अवस्थामा फेला पारिएको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *