स्लोभाकियामा दुई दिनमा ३६ लाखको कोरोना परीक्षण, १ प्रतिशतको नतिजा पोजेटिभ

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ८:३३

स्लोभाकियामा दुई दिनमा ३६ लाखको कोरोना परीक्षण, १ प्रतिशतको नतिजा पोजेटिभ

काठमाडौं । स्लोभाकियाले दुई दिनमा ३६ लाख नागरिकको कोरोना परीक्षण गरेको छ। कोरोना संक्रमण बढ्दै गएको परिस्थितिलाई मध्यनजर गर्दै स्लोभाकियाले १० वर्षभन्दामाथि सबैको कोरोना परीक्षण गर्ने तयारी गरेको हो।

ुज्वाइन्ट रेस्पोन्सिविलिटीु नाम दिइएको उक्त अभियानमा हालम्म दुई तिहाइ नागरिकको र्‍यापिड एन्टिजिन परीक्षण गरिएको अधिकारीहरुले बताएका छन्। उक्त परीक्षणको नजिता केही मिनेटमा नै आउने बताइएको छ।

उक्त परीक्षणमा सहभागी भएहरु मध्ये १ प्रतिशत अर्थात ३८ हजार ३५९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ। अक्टोबर २३ मा सबैभन्दा बढी संक्रमित रहेको वराभी र बारडेजोभमा परीक्षण संचालन गरिएको थियो। यी दुई क्षेत्रमामात्रै १ लाख ४१ हजारले परीक्षण गराएका थिए। देशको अन्य क्षेत्रमा भने शनिवार र आइतबार परीक्षण गरिएको थियो।

सरकारले यही महिनाको अन्तिमतिर बांकी स्थानमा अर्को मास टेस्टिङ गर्ने तयारी गरेको छ। तर निर्णय भने हुन सकेको छैन।

स्लोभाकियामा संचालन भएको यो अभियानको नेतृत्व त्यहाँको सेनाले गरिरहेको छ। जसका लागि ५ हजार टेस्टिङ क्याम्प बनाइएको छ। ती क्याम्पमा १४ हजार ५०० स्वास्थ्यकर्मी र ६ हजारभन्दा बढी सेना परिचालन गरिएको छ।

नागरिकहरुले आफ्नो इच्छामा परीक्षण गराउन पाउने भएतापनि परीक्षण गर्न नचाहेका लागि भने कडा प्रतिबन्धात्मक व्यवस्था कायम नै रहेको छ। उनीहरुलाई सुरक्षा सावधानी बिना घरबाहिर निस्किन रोक लगाइएको छ। परीक्षण नतिजा नेगेटिभ आउनेहरु भने प्रतिबन्धात्मक व्यवस्था पालना गर्नु पर्दैन। पोजेटिभ आउनेहरु भने क्वारेन्टाइन वा छुटाइएको होटलहरुमा बस्नुपर्नेछ।

स्लोभाकियाका प्रधानमन्त्री इगोर मतोभिकले अभियमानमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेका छन्।स्लोभाकियामा हालसम्म ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने २१९ जनाको मृत्यु भइसकेको छ।एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *